एनपिएलका दर्शकलाई नि:शुल्क बस सेवा

20 Nov, 2025

आजबाट नेपाल प्रिमियर लिग हेर्ने दर्शकका लागि निःशुलक बस सञ्चालन गरिएको छ।

एनिएपलको रात्रिकालिन खेल हेर्न त्रियू क्रिकेट स्टेडियम पुग्ने उपत्यका भित्रका दर्शका लागि आजबाट निःशुल्क सेवा सेवा सञ्चालन गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

एनपीएल हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो शाखामा आएपछि महिला, वृद्ध, र अशक्तहरूको लागि निशुल्क बसको व्यवस्था गरेको खेलकुदमन्त्री बब्लु गुप्ताले बताए।

सो बस साँझ ६ बजेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ। जसमा उत्यका भित्रका ४ रुट निर्धारण गरिएको छ।

पहिलो रुट टियु गेटबाट स्वयम्भू हुँदै बालाजुसम्मको छ भने दोस्रो रुप टियू गेटबाट स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म छ। यस्तै, तेस्रो रुट टियु गेटबाट बल्खु, कालिमाटी, थापाथली, बनेश्वर, तीनकुने हुँदै चाबहिलसम्म भने चौथो रुट टियू गेटबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]