एनपिएलमा आज दुई खेल हुँदै, लुम्बिनी र कर्णााली तथा विराटनगर र काठमाडाैं भीड्ने

22 Nov, 2025

जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छ। जसमा पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भीड्ने छ। यो खेल कीर्तिपुरस्थित टियू स्टेडियम बिहान ११ः१५ बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स पहिलो जितको खोजीमा रहँदा रोहितकुमार पोडेलको कप्तानीमा रहेको लुम्बिनी लागतार दोस्रो जित निकाल्ने दाउमा हुनेछ।

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चिवतन राइनोजलाई ६ विकेटले हराएको थियो।

कर्णालीले टिममा एक परिवर्तन गर्न सक्छ। जसमा उसले मार्क वाटको स्थानमा विलियम वसिस्टोलाई खेलाउने सम्भावना छ। यता, लुम्बिनीले भने पहिलो खेलकै टिमलाई निरन्तरता दिने सम्भावना छ।

यस्तै, आजै साँझ ४ बजे हुने खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्स भीड्दै छन्।

प्रतियोतियोगितामा उत्कृष्ट सुरुआत गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा रहँदा काठमाडौं पनि दोस्रो जित निकाल्न चाहन्छ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको थियो। उसले प्रतियोगिता ठूलो स्कोर २२० रन बनाएको थियो। यता, काठमाडौंले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]