मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको सानदार जित

22 Nov, 2025

एनपिएलको दोस्रो संस्करणमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। स्कटिस अलराउन्डर मार्क वाटले शतक प्रहार गरेपछि कर्णालीले लुम्बिनीमाथि ९ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५७ रनको मध्यम लक्ष्य कर्णालीले १२.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि वाटले ४४ बलमा १२ छक्का र ६ चौका मद्दतमा नटआउट ११४ रन बनाए। यो एनपिएलको दोस्रो सिजनको पहिलो शतक हो।

यस्तै, विलियम वसिस्टोले २९ र प्रियंक पञ्चालले १२ रनको योगदान दिए। दोस्रो विकेटका लागि वाट र वसिस्टोले शतकीय साझेदारी गरेका थिए। लुम्बिनीका लागि एक मात्र विकेट शेर मल्लले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १५६ रन बनायो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाउँदा रुवेत त्रुम्पपेलमनले २९ र जेम्स स्मिथले २३ रन बनाए।

बलिङमा नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १ विकेट लिए।

लुम्बिनीको यो पहिलो हार हो भने कर्णालीको पहिलो जित। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हारएको थियो भने कणाीली चितवनसँगै पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]