पुलिस पराजित हुँदा मधेश केपी ओली कपकाे सेमिफाइनलमा

28 Nov, 2023

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ। मंगलबार बिहान पोखरा रंगशालामा भएको खेलमा पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भयो।

पुलिस पराजित हुँदा समूह सीबाट मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। यो समूहमा तीनै टिमले समान १ खेल जिते, जसमा रनरेटमा मधेश अगाडि रह्यो। यता, सुदूरपश्चिमसँगको हारले राष्ट्रिय खेलाडीले भरिएको पुलिस भने समूह चरणमै रोकिएको छ।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि किरण ठगुन्नाले अर्धशतकीय योगदान दिए। उलने  ३४ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।

यस्तै, नरेन साउदले ३० बलमा ३९ बनाउँदा राजु रिजालले १९ र नारायण जोशीले ७ बलमा १७ रन बनाए। पुलिका पुलिसका रसिद खानले ३ तथा सुनिल धमला र सागर ढकालले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए। उनले ५१ बलमा  समान ५ चौका र छक्का प्रहार गरे।

यस्तै, सुनिल धमलाले ४० बलमा ४२ रन बनाउँदा अर्जुन साउदले १७ २० रन बनाए। सुदूरपश्चिमका विकाश अग्रीले २ तथा बसन्त खत्री र भोजराज भट्टले समान १ विकेट लिए।