एनपिएल फाइनल : रोहितको ह्याट्रिकमा सुदूरपश्चिम ८५ रनमै अलआउट, च्याम्पियन बन्न लुम्बिनीलाई झिनो लक्ष्य

13 Dec, 2025
Share:
117 Shares

नेपाल प्रियिमर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित टियू स्टेडियममा जारी फाइलनमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपशिचम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। 

योसँगै लुम्बनीले ८६ रनको झिनो लक्ष्य पाएको छ। यो टि–२० फ्रेन्चाइज क्रिकेटको फाइलनको सबैभन्दा कम लक्ष्य हो।

लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा १ चौका प्रहार गरे। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रन बनाए। 

पावर प्लेमै ३ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। त्यसपछि लुम्बिनी स्पिनहरुले लागतार विकेट लिएपछि सुदूरपश्चिम सस्तैमा समेटियो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। उलने ११औं ओभको चौथो, पाँचौं र छैठौं ओभरमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई पभेलियन पठाउँदै एनपिएल फाइलनको पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाए। यो एनपिएलको दोस्रो ह्याट्रिक हो। यसअघि काठमाडौं गोर्खाजका साहब आलमले ह्याट्रिक लिएका थिए। रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए।

यस्तै, रुबेन त्रुम्पेलमनले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिँदा शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट नै लिए।