महिला टि–२० विश्वकपको ग्लोबल छनोटकोे तालिका सर्वाजनिक, नेपालकाे पहिलाे खेल थाइल्यान्डसँग

16 Dec, 2025

आईसिसी महिला टि–२० विश्वकपको ग्लोबल छनोटको तालिका सर्वाजनिक भएको छ। 

जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको तालिका नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको हो। 

१० टिम सहभागी प्रतियोगिता टियू क्रिकेट रंगशाला र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। १४–१६ जनवरीसम्म अभ्यास खेल हुने छन् भने प्रतियोगिता जनवरी १८ बाट सुरु हुनेछ।

सहभागी टिमलाई दुई समूहमा विभागन गरिएको छ। जसमा नेपाल स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावेसँगै समूह बीमा परेको छ। समूह एमा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। 

तालिका अनुसार नेपालले जनवरी १८मा थाइल्यान्डसँग खेल्दै पहिलो पटक विश्वकपमा पुग्ने अभियानको थालनी गर्ने छ। यो खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। यस्तै नेपालले जनवरी २२मा मुलापनी मै नेदरल्यान्डसँग खेल्ने छ।

त्यसका दुई खेल भने नेपालले टियू रंगशालामा खेल्ने छ। नेपालले जिम्बोसँग जनवरी २४ फ्लडलाइटमा खेल्दा र जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ। 

त्यसअघि नेपालले अमेरिका र आयरल्यान्डसँग दुई अभ्यासन खेल खेल्नेछ। जसमा नेपालले जनवरी १४मा तल्लो मुलपानीमा आयल्यान्ड र जनवरी १६मा टियू मैदानमा फ्लड लाइटमा अमेरिकासँग खेल्नेछ।

त्यसपछि दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्ने छ। त्यहाँ प्रत्येक टिमले अर्को समूहका टिमसँग तीन खेल खेल्नेछन्। जसबाट शीर्ष ४ टिम टि२० विश्वकपका लागि छनोट हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]