टी-२० विश्वकपको ट्रफी राष्ट्रपति कार्यालयमा अनावरण

4 Jan, 2026

भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत विश्वकप ट्रफी नेपाल आइपुगेको छ ।

उक्त ट्रफी आज राष्ट्रपति कार्यालयमा अनावरण गरिएको छ । पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त रूपमा ट्रफी अनावरण गरे ।

पुरुष तथा महिला क्रिकेट टिमका कप्तान, प्रशिक्षक तथा क्यानका पदाधिकारी समेतको उपस्थितिमा ट्रफी अनावरण गरिएको हो ।

ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ । टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]