तेस्रो स्थानमा उक्लियो युभेट्न्स

13 Jan, 2026

युभेन्ट्सले इटालीको सिरी ए मा सोमबार क्रेमोन्सेमाथि शानदार ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लेको छ ।

यो नतिजापछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ। यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको मात्र दूरी हो ।

यो सिजन खराव सुरुआत लिएको युभेन्ट्स पछिल्लो पटक लयमा छ र अब उपाधिको होडमा पनि सामेल भएको छ। क्रेमोन्से भने २२ अंकमा १३ स्थानमा रह्यो।

युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे। अर्को एक गोल आत्मघाती रह्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]