साफ फुटसल च्याम्पियनसिपमा नेपाल रोकियो

13 Jan, 2026
Share:
117 Shares

साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल बराबरीमा रोकिएको छ।

आजबाट थाइल्याण्डमा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकासँग २–२गोलको बराबरी खेलेको हो।

खेलमा सुरुवातीमै पछि परेको अवस्था उल्टाउँदै नेपालले २–१को अग्रता बनाएको थियो। तर, नेपालले पनि अग्रता जोगाउन सकेन।

नेपालका लागि मनीषा थापामगरले ११औं १५औं मिनेटमा गोल गरिन्। श्रीलंकाका थर्मिका शिभानेस्वरनले दोस्रो र थरिलि लियानागेले २५औं मिनेटमा गोल गरिन्।

यसअघि आजै भएका अन्य खेलमा भारतले माल्दिभ्समाथि ११–१को फराकिलो जित निकाल्दा पाकिस्तान र भुटानले १–१को बराबरी खेले।

नेपाली टिमले १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ।