सेमेन्यो र चार्कीको गोलमा सिटी कारकाओ कपको फाइनल नजिक

14 Jan, 2026
Share:
117 Shares

पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी काबाओ कपको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ। मंगलबार राति भएको खेलमा न्युकासललाई २–०ले हराउँदै सिटी फाइनल नजिक पुगेको हो।

सिटीको जितमा यसै साता टिममा आएका एन्टोइन सेमेन्यो र रायन चार्कीले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलेमा सेमेन्योले ५३औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। चार्कीले इन्जुरी समयको नवौं मिनेटमा गोल गर्दै सिटीलाई २–०को जित दिलाए।

यी दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ।

आर्सनल र चेल्सीबीचको दोस्रो सेमिफाइनलको पहिलो लेग आज मध्यराति हुँदैछ।