रियल मड्रिड कोपा डेल रेबाट पनि आउट

15 Jan, 2026
Share:
117 Shares

स्पेनिस जायन्ट रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब अल्बेस्टसँग ३–२ले पराजित हुँदै रियल कोपा डेल रेबाट बाहिरिएको हो।

खेलमा रियलका लागि गोन्जालो गार्सिया र फ्रन्सो मस्टान्टुनोले गोल गर्दा अल्बेस्टका लागि जेफ्टे बेन्टाकोरले २ गोल गर्दा जाभी भिल्लाले १ गोल गरे।

खेलमा अग्रता पनि अल्बेस्टले लियो। ४२औं मिनेटमा उसका भिल्लारले गोल गरे। तर, पहिलो हाफको इन्जुरी समयमा मस्टान्टुनोले रियलका लागि बरारबी गोल फर्काए।

त्यसपछि ८२औं मिनेटमा बेन्टान्कोरले गोल गर्दै पुनः अल्बेस्टलाई अग्रता दिलाए। इन्जुरी समयको पहिलो मिनेटमा गार्सियाले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए। तर, त्यसको २ मिनेट पछि नै बेन्टान्कोरले गोल गर्दै अल्बेस्टलाई जित दिलाए।

यो सँगै गत सिजनको फाइनलिस्ट रियल कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरिएको छ। योसँगै उसको उपाधि आशा ला लिगा र च्याम्पियन्स लिगमा मात्र बाँकी छ। यसै साता ऊ सुपर कपको फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो।

यता, प्रशिक्षक अल्भारो अल्बेलोले रियलको मड्रिडको यात्रा हारबाट गरेका छन्। रियलले यसै साता जाभी अलोन्सोलाई बर्खास्त गर्दै उनलाई सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक बनाएको थियो।