राष्ट्रिय लिगमा जावलाखेल, एपिएफ र संकटा विजयी

18 Jan, 2026

राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएका खेलमा जावलाखेल युथ क्लब, एपीएफ र संकटा क्लब विजयी भएका छन्।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती क्लबलाई ४–० गोलअन्तरले हराएको छ। जावलाखेलको जितमा निकोलस ह्यामिल्टन र धर्मेन्द्र कुँवरले दुई दुई गोल गरे ।

खेल सुरु भएको ३३ सेकेण्डमै ह्यामिल्टनले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यसपछि धर्मेन्द्रले चौथो मिनेटमा गोल गर्दै सुरुमै २–० को अग्रता दिलाए।

धर्मेन्द्र ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता ३–० बनाए। ह्यामिल्टनले इन्जुरी टाइममा गोल गरेपछि जावलाखेलले सानदार जित हात पारेको हो।

पहिलो खेलमा लालिगुराँस एसोसिएसनसँग १(० ले पराजित भएको जावलाखेलले पहिलो जितपछि ३ अंक जोडेको छ ।

यस्तै च्यासल स्टेडियममा भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १–० ले हरायो । एपीएफ आत्मघाती गोल मद्दतले ३ अंक जोड्न सफल भयो। फ्रेण्ड्सका खेमराज श्रेष्ठले २५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

एपीएफले पहिलो खेलमै जित हात पारेको हो भने फ्रेण्ड्सको यो पहिलो हार हो ।

यता नवप्रवेशी काँक्रेविहारमाथि संकटा क्लबले ४(० गोलको जित हात पारेको छ।

संकटाका लागि अनिश महर्जनले १४, कृष्ण बहादुर आलेले इन्जुरी समयकाे दाेस्राे मिनेट, विशाल तामाङले ५५ र जिल्बर्ट विल्गोले ७४ मिनेटमा गोल गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]