साफ फुटसल च्याम्पियनसिपमा नेपाली महिला टिम बंगादेशसँग पराजित

19 Jan, 2026
Share:
117 Shares

थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

सोमबार दिउँसो भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो।

बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले गोल गरे।

खेलको १४औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादशलाई अग्रता दिलाएकी थिइन्। १९औं मिनेटमा कृष्णारानीले अग्रता दोब्बर बनाइन्।

दोस्रो हाफको ३३औं मिनेटमा अक्तरले गोल गर्दै ३–० को जित दिलाइन्।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकासँग बराबरी र माल्दिभ्सलाई हराएको थियो।