खाली रंगशालामा राष्ट्रिय लिग

19 Jan, 2026
Share:
117 Shares

एन्फाले करिब ३ वर्षपछि राष्ट्रिय लिगका रुपमा शीर्ष डिभिजनको फुटबल प्रतियोगिता गरिरहेको छ। ए डिभिजन लिग लामो समयसम्म नहुँदा नेपालका धेरै चर्चित फुबटलरहरु विदेशिएका छन्। योसँगै नेपालमा फुटबलको क्रेज घटेको छ।

त्यसको प्रभाव राष्ट्रिय लिगमा देखिएको छ। १७ टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा अधिकांश नयाँ र युवा खेलाडी छन्। लिग एन्फा कम्प्लेक्स सातदोबाटो, च्यासल मैदान र दशरथ रंगशालामा भइरहेको छ। तर, दर्शकको उपस्थिति शून्य छ।

एन्फाले लिग सुरु भएको २ दिनपछि दशरथ रंगशालामा भव्य सांगीतिक कार्यक्रमसहित लिगको ग्रान्ड ओपनिङ गरेको थियो। त्यहाँ पनि साधारण प्यारापिटमा पुरै खाली थियो।

रंगशाला खाली भएको लिग एन्फाले मोबाइल एप्स ‘एमएसएम भिडियो’ मार्फत गरिरहेको छ। पैसा तिरेर मात्र हेर्न पाइने भएकाले त्यहाँ पनि दर्शक शुन्य जस्तै छन्।