साफ महिला फुटसल च्याम्पियनसिप : उपाधि होडबाट बाहिरिसकेको नेपालले पाकिस्तानलाई हरायो

21 Jan, 2026

थाइल्याण्डमा भइरहेको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले बुधबार पाकिस्तानलाई ५-१ ले पराजित गरेको छ । बैंककस्थित नोन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तान विरुद्ध सुरुवात देखि नै दबाब बनाउँदै जित हात पारेको हो ।

पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले २ गोल थप्दा पाकिस्तानले एक गोल फर्कायो । च्याम्पियनसिपमा दोस्रो जितपछि ५ खेलबाट ७ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लेको छ ।

नेपालले यसअघि माल्दिभ्सलाई मात्र पराजित गर्दा श्रीलंकासँग बराबरी खेलेको थियो भने बंगलादेश र भारतसँग पराजित भएको थियो ।

नेपालले अब अन्तिम खेल आउने आइतबार भुटानसँग खेल्नेछ । भुटान ३ खेल खेल्दा अपराजित रहँदै ५ अंक जोडेर पाँचौ स्थानमा छ । भुटानले आजै माल्दिभ्ससँग खेल्दैछ ।

अर्को अपराजित टोली बंगलादेश ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले ३ खेल जित्दा १ खेल बराबरी खेलेको थियो ।

दक्षिण एसियाका सात वटै राष्ट्र सहभागी साफ महिला फुटसल च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ र लिग चरणका खेलपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]