इयू टी-२० लिगमा सन्दीपले दर्ता गराए नाम

21 Jan, 2026
Share:
117 Shares

स्टार नेपाली क्रिकेटर सन्दीप लामिछानेले पहिलो संस्करणका इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।

बंगलादेश प्रियिमर लिग खेलिरहेका सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन्।

यो लिगमा नाम दर्ता गराउने उनी दोस्रो नेपाली खेलाडी हुन्। यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता छन् ।

युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ।

प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्।

डिसेम्बर २६ बाट सुरु भएको खेलाडी दर्ता प्रक्रियामा ४८ घण्टाभित्र २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले नाम टिपाएपछि लिगले ध्यान खिचेको छ।

दक्षिण अफ्रिकाका रासी भान डर डुसेन, श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरङ्गा जस्ता चर्चित खेलाडीले पनि यस लिगका लागि नाम दर्ता गराएका छन् ।

Facebook Comments Box
[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]