आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, उपाधि हाेड खुला हुँदै

26 Jan, 2026
Share:
117 Shares

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार घरेलु मैदान इमिरेट्स रंगशालामा म्यानचेस्टरलाई जित दिलाउन ब्रायन एम्बोउमो, प्याट्रिक डोर्गु र म्याथ्युज कुन्हाले समान एक गोल गरे । आर्सनलका लिस्यान्ड्रो मार्टिनेज र माइकल मेरिनोले एक/एक गोल फर्काए ।

खेलको २९औँ मिनेटमा आर्सनलले एक आत्मघाती गोल उपहार पाएको थियो । तर, आर्सनलले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३७औँ मिनेटमा म्यानचेस्टरका एम्बोउमोले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

५०औँ मिनेटमा टोलीका डोर्गुले अग्रता दोब्बर बनाए । म्यानचेस्टरले पनि यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ८४औँ मिनेटमा आर्सनलले मेरिनोको गोलमा बराबरी गर्‍यो । ८७औँ मिनेटमा म्यानचेस्टरका कुन्हाले गोलगरेपछि पाहुना टोलीले जित पक्का गरेको हो ।

जितसँगै म्यानचेस्टरले लिगमा ३८ अंक जोडेको छ । चौथो स्थानमा उक्लिएको म्यानचेस्टरले २३ खेल खेल्दा १० जित, आठ बराबरी र पाँच हार व्यहोरेको छ । पराजित आर्सनल हारका बाबजुद ५० अंकका साथ शीर्ष स्थानमा छ ।