आरिफ र दीपेन्द्रको अर्धशतकमा युएईमाथि नेपालको जित

4 Feb, 2026

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी बनाएपछि आईसीसी टी-२० विश्वकपको आफ्नो पहिलो वार्म अप खेलमा नेपालले यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

आरिफले ३७ बलमा अविजित ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा ५० रनमा नटआउट रहे । नेपाल ४५(३ को अवस्थामा हुँदादेखि यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए । हर्षित कौशिकले ३१ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २(२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेपालले अब अर्को वार्म अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ ।

टी-२० विश्वकपको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]