काेपा डेल रेमा बार्सिलाेनामाथि एट्लेटिकाेकाे सानदार जित

13 Feb, 2026

स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि फराकिलो जित हासिल गरेको छ।

एट्लेटिकोले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफमै एट्लेटिकोले ४ गोल गरेको थियो। एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गर्दा एक गोल उपहार पायो।

खेलको सातौं मिनेटमा एरिक गार्सियाबाट आत्मघाती गोल हुँदा एट्लेटिकोले अग्रता लिएको थियो। १४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे। ३३औं मिनेटमा लूकमनले गोल गरेपछि एट्लेटिको ३-० ले अगाडि बढ्यो ।

इन्जुरी समयमा अल्भारेजले गोल गरेपछि एट्लेटिकोले ४-० को अग्रता बनायो। त्यसपछि गोल भएनन्।

८५औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना अन्तिम केही समय १० खेलाडीमा सीमित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]