बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई

14 Feb, 2026

साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे। चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ब्वाइजलाई पहिलो सहभागितामै उपाधि दिलाए।

चर्चका अबोयामी फकुन्लेले दिएको मिस पासलाई एलेक्स विलियमले सेन्टरलाइनबाट राईलाई बल पास दिएका थिए । उक्त पासलाई राईले वान भर्सेज वानमा उत्कृष्ट गोल गरेका थिए।

प्रतियोगितामा च्याम्पियन बनेको एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ।

उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । दुवै पुरस्कार राशि प्रतियोगितालाई संयोजन गरेको धरान उपमहानगरपालिकाले प्रायोजन गरेको हो । खेलको म्यान अफ द म्याच विजयी टिमका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्नसमेत सफल भए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]