युगान्डा विश्वकपमा, टेस्ट राष्ट्र जिम्बाबे छनोटमै रोकियो

30 Nov, 2023

युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको छ। अफ्रिकी छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगान्डाले विश्वकपमा स्थाान पक्का गरेको हो।

यता, युगान्डा विश्वकपमा छनोट हुँदा टेस्ट राष्ट्र जिम्बाबे भने छनोटमै रोकिएको छ।

छनोटमा युगाण्डा नामिबियासँग ६ विकेटले पराजित भए पनि अरु सबै ५ खेलमा विजयी भयो। उसले तान्जानिया, जिम्बाब्वे, नाइजेरिया र केन्यालाई हराएको हो।

अफ्रिकी महादेशबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो। नामिबिया र युगण्डा विश्वकपमा छनोट हुँदा टेष्ट राष्ट्र जिम्बाब्वेसँगै केन्या विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]