राष्ट्रिय लिगमा सुजनकाे ह्याट्रिक, श्री भगवतीले कांक्रेविहारलाई हरायाे

28 Feb, 2026

सुजन डंगोलकाे ह्याट्रिक मद्दतमा राष्ट्रिय लिगमा श्री भगवती क्लब विजयी भएकाे छ। शनिबार भएकाे खेलमा श्री भगवतीले सुर्खेतको कांक्रेविहार क्लबमाथि ६–०काे फराकिलो जित निकाल्याे।

सुजनले लिकै छिटो ह्याट्रिक गर्ने क्रममा ८७औं, ८९औं र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे।

त्यसअघि दिवस उराउले २६औं र सुरज गुरुङले ३७औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। कप्तान शिशिर लेखीले ७०औं मिनेटमा गोल गरेका थिए।

राष्ट्रिय लिगमा दोस्रो जितपछि श्री भगवती ८ खेलबाट ८ अंक जोडेर १०औं स्थानमा उक्लेको छ। कांक्रेविहारको भने यो ८ खेलमा सातौं हार हो। ८ खेलबाट १ अंक मात्र रहेको कांक्रेविहार पूछारबाट दोस्रो (१६औं) स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]