ओकेरेकेको गोलमा राष्ट्रिय लिगमा एनआरटी विजयी

1 Mar, 2026
Share:
117 Shares

जारी राष्ट्रिय लिगमा एनआरटी विजयी भएकाे छ। आइतबार दशरथ रंगशालामा भएकाे खेलमा नाइजेरियन खेलाडी टिमोथी ओकेरेकेकाे निर्णायक गोलको मद्दतले एनआरटीले चित्लाङ एफसी २–१ ले हरायाे।

खेलमा एनआरटीले १०औं मिनेटमा राजीव लोप्चनको गोलले सुरूआती अग्रता लियाे। तर ३७ औं मिनेटमा एनआरटीका सनम लिम्बूले आत्मघाती गोल गरेपछि खेल १–१काे बराबरीमा आयाे।

नाइजेरियाकाे यू–१७ टिमबाट खेलिसकेका ओकेरेके ५४औं मिनेटमा गाेल गर्दै खेलमा एनआरटीलाई पुनः अग्रता दिलाए। अन्तिमसम्म त्यही अग्रतालाई कामय राख्दै खेल एनआरटीले २–१ले जित्याे।

लगातार तीन बराबरीपछि एनआरटीले जित निकालेकाे हाे। एनआरटीकाे ९ खेलमा १८ अंक भएकाे छ भने चित्लाङकाे समान खेलमा सात अंक मात्रै छ।