भालभर्डेको ह्‍याट्रिकमा म्यान्चेस्टर सिटीमाथि रियलको जित, पिएसजीले चेल्सीलाई हरायो

12 Mar, 2026
Share:
117 Shares

फेडेरिको भालभर्डेको ह्‍याट्रिक मद्दतमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सानदार जित निकालेको छ। बुधबार राति बर्नाबेउमा भएको खेलमा रियलले म्यान्चेस्टर सिटीमाथि ३–० जित निमाल्यो।

भालभर्डेले पहिलो हाफमै ह्‍याट्रिक गरे। उनले २०औं, २७औं र ४२औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफमाको सुरुआतमै प्राप्त पेनाल्टीमा भिनिसियस जुनियर गोल गर्न चुक्दा रियलले अग्रता फराकिलो बनाउने अवसर गुमाएको थियो। त्यसपछि थप गोल नुहँदा रियल ३–०ले विजयी भयो।

अब दोस्रो लेगको खेल आगामी साता सिटीको घरेलु मैदान इतिहादमा हुनेछ।

यस्तै, अर्को खेलमा फिफा क्लब विश्वकपको फाइनलको बदला लिँदै पिएसजीले चेल्सीमाथि ५–२को सानदार जित निकाल्यो। यस्तै, आर्सनल भने जर्मन क्लब बायर लेभरकुसनसँग १–१को बराबरीमा रोकियो।