नेपाल र भारतबीच दृष्टिविहीन महिला टि–२० सिरिज हुने

1 Dec, 2023

नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको टि–२० सिरिज हुने भएको छ। सिरिजमा मुम्बईमा मंसिर २५ देखि २९ गतेसम्म हुने छ।

सिरिजका नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ। मंसिर ६ देखि १४ सम्म ललितपुरको लेलेमा प्रशिक्षण गरेको नेपाली टिमले आजबाट मूलपानी क्रिकेट मैदानमा प्रशिक्षण गर्ने छ।

मुलपानीमा नेपाली टिमले कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन अभ्यास खेल पनि खेल्ने छ।

नेपाल नेत्रहिन क्रिकेट संघले भारतसँग खेल्नका लागि १६ खेलाडीको सुची समेत सार्वजनिक गरेको छ।

टोलीमा प्रतिभा राई, माया लुंगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, गीता पौडेल, कान्ति योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेसी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीसरा धमला, उजेली चौधरी, विनिता पुन छन्।

प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]