आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ।
गुहवाटीमा मंगलबार राति भएको वर्षा प्रभावित खेलमा यसस्वी जैसवाल र वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गरेपछि राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनले हरायो।
वर्षाका कारण कारण खेल पनि ११ ओभरमा झारिएको खेलमा राजस्थानले दिएको १५१ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।
उसका नमन धिर र शेरफन रदरफर्डले सर्वाधिक समान २५ रन बनाए भने तिलक वर्माले १४ रन बनाए। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो। ओपनर यशश्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुवात दिलाए।
जैसवाल ३२ बलमा ७९ रनमा अविजत रहे। उनले १० चौका र ४ छक्का प्रहार गरे । वैभवले १४ बलमा ३९ रन बनाएर आउट भए । कप्तान रियान परागले २० रन बनाए ।
मुम्बईका अल्लाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए।
लगातार तेस्रो जितसँगै ३ खेलमा ६ अंक जोडेको राजस्थान शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा २ अंक भएको मुम्बई सातौं स्थानमा छ।
