विश्वकपमा जर्मनीले सानदार सुरुआत गरेको छ। अमेरिकामा सोमबार राति भएको खेलमा भएको खेलमा जर्मनीले ७–१ विश्वकपको नवप्रवेशी टिम कुरासाओमाथि ७–१को जित निकाल्यो।
जर्मनीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो। जर्मनीका लागि काई हाभार्ट्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन, डेनिज उन्डाभले गोल गरे। कप्तान जोसुअ किम्मिचले दुई असिस्ट गरे ।
एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जर्मनीले सुरुवाती अग्रता लिएपछि कुरासाओमाथी लगातार दबाब बनाएको थियो।
तर कुरासाओका लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वकपको डेब्यु खेलमै चार पटकको विश्व विजेता जर्मनी विरुद्ध ऐतिहासिक गोल गरेको हो।

जर्मनीलाई फेरि अग्रता लिन लामो समय कुर्नुपरेन। निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाएका थिए । हाभार्ट्जले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमै ३–१ को अग्रता दिलाए।
दोस्रो हाफमा पनि जर्मनी रोकिएन। जमाल मुसिएलाले ४७औं, ब्राउनले ६८औं र उन्डाभले ७८औं मिनेटमा गोल गरे ।
पहिलो खेलमै सहज जितपछि जर्मनीले समूह इ मा ३ अंक जोडेको छ।
सन् २०१४ मा ब्राजिलमा विश्वकपको उपाधि जितेको जर्मनी त्यसपछि २०१८ र २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो । यस पटक भने पहिलो खेलमै जितपछि जर्मनीले नकआउट पुग्ने सम्भावना पनि बलियो बनाएको छ।
