विनाेङसँग ठोकिँदा घाइते भए विकेश कुथु, अस्पताल लगियो

3 Dec, 2023

नेपाल सुपर लिग अन्तर्गत आइतबार बुटवल लुम्बिनी एफसीसँगको खेलमा स्पोर्टिङ इलामका गोलकिपर बिकेश कुथु घाइते भएका छन्।

खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग ठोकिँदा घाइते भएका उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ। घाइते भएर मैदानमा ढलेपछि उनलाई लिन एम्बुलेन्स पुगेको थियो।

९० मिनेटको खेल सकिएपछि थपिएको समयको आठौं मिनेटमा बुटवलका स्टेफेन विनोङले एक्लै गोलपोस्ट तर्फ बल अघि बढाएका थिए । त्यस क्रममा गोल पोस्टभन्दा अघि बढेका बिकेशले बल रोक्ने क्रममा स्टेफेनसँग ठोक्किएका थिए।

दुबै जना मैदानमा ढलेका थिए। त्यसपछि विकेशलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको थियो र उनको ठाउँमा अर्का गोलकिपर समित श्रेष्ठलाई खेलाइएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]