एनएसएलमा पहिलो जितको खोजीमा झापा

4 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

साँझ ५ बजे दशरथ रंगशालामा मैदान उत्रँदा झापा लिगमा पहिलो जितको खोजीमा हुनेछ भने काठमाडौं दोस्रो जितको खोजीमा हुनेछ।

झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–०ले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेको थियो।

यता, डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले पहिलो इलामलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग १–१को बराबरी खेलेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]