झापा र काठमाडाैंले खेले बराबरी

5 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई गोलरहित बराबरीमा रोकेको छ।

सोमबार साँझा दशरथ रंगशालामा भएके खेलमा खेलमा दुबै टोलीले गोलको धेरै अवसर गरेपछि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए।

काठमाडौंको यो दोस्रो बराबरी हो भने झापाको लगातार दोस्रो बरारबी हो।

पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो। तीन खेलबाट ५ अंक रहेको काठमाडौंले दोस्रो स्थानको ललितपुर सिटी र तेस्रो स्थानको पोखरा थण्डर्स समान ५ अंक जोडेको छ।

पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो। झापा २ अंकसहित आठौं स्थानमा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]