सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कीर्तिमानसहित अभिषेक शर्माले बनाए टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन

ओपनर अभिषेक शर्माले टि–२० अन्तर्राष्ट्रियमा कीर्तिमानसहित २ हजार रन पुरा गरेका छन्। वेस्टइन्डिजविरुद्धको तेस्रो टि–२० खेलमा अर्धशतक बनाउँदै उनी टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो २ हजार रन बनाउने खेलाडी बने। उनले १०२४ बल मै यो उपलब्धि हासिल गरेका हुन्।

भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा १४ रनको रोमाञ्चक जित निकालेको छ। इन्दोरमा आइतबार राति भएको खेलमा भारतले दिएको २२४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्रै बनाउन सक्यो।

यो जितसँगै पाँच खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ।

भारतको जितमा ओपनर अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६९ रन बनाए। उनले ४ चौका र ६ छक्का प्रहार गरे। उनको यही इनिङ्स भारतका लागि ठूलो स्कोरको आधार बन्यो।

अभिषेकले यस खेलमा अर्को महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरे। उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २ हजार रन पूरा गर्ने खेलाडी बने। उनको आक्रामक ब्याटिङले भारतलाई पावरप्लेमा ८७ रनसम्म पुर्‍याएको थियो।

अभिषेकसँगै इशान किशनले पनि आक्रामक ब्याटिङ गरे। किशनले १८ बलमा ३७ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे। भारतले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो। वेस्ट इन्डिजका रोस्टन चेजले ३८ रन खर्चेर २ विकेट लिए।

२२४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले सुरुवातदेखि नै भारतीय बलरको दबाब सामना गर्नुपर्‍यो। अर्शदीप सिंहले नयाँ बलबाटै आक्रमण सुरु गरे। उनले शाई होपलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए। त्यसपछि भारतीय बलरले नियमित अन्तरालमा विकेट लिए।

अर्शदीपले ४४ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेल र नितिश कुमार रेड्डीले पनि महत्त्वपूर्ण समयमा विकेट निकाल्दै वेस्ट इन्डिजलाई दबाबमा राखे।

वेस्ट इन्डिजका शिमरोन हेटमायरले २७ बलमा ४३ रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गरे। तर, उनको आक्रामक ब्याटिङ लामो समय टिक्न सकेन।

यो जितसँग ५ खेलको सिरिजमा भारतल २–१को अग्रता बनाएको छ।

1.3Kशेयर