सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

विल बोसिस्टो : अघिल्लो दुई सिजन कर्णालीबाट खेले, अब काठमाडौं गोर्खाजमा

अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले काठमान्डाैं गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन्।

काठमान्डाैंले शुक्रबार सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए।

यसपटक भने अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै बोसिस्टो काठमान्डुमा अनुबन्ध भएका हुन्। काठमान्डुले यसअघि श्रीलंकाका सहान अराचिगे र भारतरयूएईका केएस भरतलाई पनि अनुबन्ध गरिसकेको छ।

३३ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन्। त्यसैगरी उनले अस्ट्रेलिया यू(१९ टोलीबाट कप्तानी गर्दै सन् २०१२ को विश्वकप पनि खेलेका छन्। फाइनलमा भारतसँग पराजित भएपनि उनी विश्वकपको उत्कृष्ट खेलाडी भएका थिए।

उनले फर्स्ट क्लास क्रिकेटमा २८ खेल खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन्। त्यस्तै अफब्रेक बलिङ गर्ने उनले १७ विकेट पनि लिएका छन्।

टी-२० मा उनले २१ खेलमा ४०० रन बनाएका छन् भने ३ विकेट लिएका छन्।

1.3Kशेयर