नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल हुने !

5 Dec, 2023

अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टिमबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्षमा नेपाल र चोङ चीन प्रान्तकाे यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने सन्दर्भमा छलफल भएको छ ।

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले मैत्रीपूर्ण फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन्। साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ।

सदस्य–सचिव घिसिङले राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलललाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै टोलीको प्रस्तावमा आफू सकरात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]