सामग्रीमा जानुहोस्
शुक्रबार, असोज ३०, २०८३

पाकिस्तानमा अभिलाषाको जित

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादको सर्किट–२ मा जित हात पारेकी छन् ।

मंगलबार पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरेकी हुन् । उक्त खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपालकी राजदूत रिता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी खेलका शुभकामना दिएकी थिइन् ।

प्रिक्वाटरफाइनलमा अभिलाषाले थाइल्यान्डकी कामोनवान योडपेचसँग बुधबार प्रतिस्पर्धा गर्नेछिन् । कामोनवान जारी प्रतियोगितामा दोस्रो वरीयता प्राप्त खेलाडी हुन् । डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १ हजार ५ सय १० स्थानमा रहेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जानकारी दिए ।

प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ ।

सेयर गर्नुहोस्

1.1KShares