पूर्वसांसद् एवं रास्वपाकी केन्द्रीय सदस्य विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् ।
उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन्।
दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ।
गत प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट जुम्लामा निर्वाचन लडेकी कठायत पराजित भएकी थिइन्।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ को परिच्छेद–२ को दफा ४ को उपदफा (१) को देहायको (ण) मा भएको व्यवस्था बमोजिम खेलकुदमन्त्री पोखरेलले कठायतलाई सदस्य मनोनीत गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत जानकारी दिएका छन् ।
