सामग्रीमा जानुहोस्
शनिबार, असोज ३१, २०८३

एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य

जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन्।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे। तेन्जिङले युकोबाट ६ अंक र इप्पोनबाट ३ अंक जोडे।

यसअघि क्वाटरफाइनलमा तेन्जिङ मकाउका खेलाडी विरुद्ध १० ले पछाडि रहँदा विपक्षीले गरेको गल्तीका कारण तेन्जिङ विजेता तोकिएका थिए।

यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ।

सेयर गर्नुहोस्

1.2KShares