नेपाल प्रिमियर लिगका लागि विरानटनगर किंग्सका विश्वभरका लिगमा छाएका वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रेसललाई अनुबन्धन गरेको छ।
३८ वर्षीय रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन्। उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन्।
रसेल दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबाट आईपिएल खेल्दै १४० खेलमा २६५१ रन बनाउनुका साथै १२३ विकेट लिएका छन्। उनले आईपिएलबाट गतवर्ष नै सन्न्यास लिएका थिए।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाएको छ।
