सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक ३, २०८३

श्रीलंकाका चमिका करूणारत्ने पोखरा एभेन्जर्समा

नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।

श्रीलंकन पेस बलिङ अलराउण्डरलाई पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । ३० वर्षीय करुणारत्नेले श्रीलंकाको लागि १ टेष्ट, २६ ओडिआई र ४६ टी२० आई खेल खेलेका छन्।

उनले सबैखाले टी२० मा गरि १५० खेल खेल्दै १०१ विकेट लिएका छन् । उनले केही समयअघि जापानमा भएको २०औं एसियन गेम्स पनि खेलेका थिए।

उनले लंका प्रिमियर लिगमा चार फरक टोलीबाट खेलिसकेका छन् । उनी सन् २०२२ मा आईपीएलमा कोलकता नाईट राईडर्समा अनुबन्ध भएका थिए।

एनपीएलको तेस्रो संस्करणको तयारी गरिरहेको पोखरा एभेन्जर्सले यस सिजन मुख्य प्रशिक्षकमा श्रीलंकन पूर्व स्टार स्पीनर अजन्था मेन्डिस र विदेशी खेलाडीमा बंगलादेशी चर्चित अलराउण्डर शकिब अल हशन र श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरिसकेको छ।

शकिब पहिलो पटक एनपीएलमा अनुबन्ध भएका हसन् धनन्जय लक्षण भने लगातार दोस्रो सिजन टोलीमा निरन्तरता पाएका छन् ।

करुणारत्नेको अजुबन्धपछि पोखराको पेस बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । नेपालका मिडियम पेसर आकाश चन्दसँगै धनन्जय लक्षणले पनि मिडियम पेस बलिङमा साथ दिनेछन्।

पोखराको क्रिकेट एम्बासडरमा भारतका पूर्व खेलाडी तथा टी२० विश्वविजेता इरफान पठान नियुक्त भइसकेका छन् ।

सेयर गर्नुहोस्

1.1KShares