नेपालका रोहित श्रेष्ठले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको एकेडेमीमा एक साता फुटबल सिक्ने भएका छन् । एक साताको अभ्यासका लागि इंग्ल्यान्ड जाने उनलाई आज ९मंगलबार० अखिल नेपाल फुटबल संघले बिदाइ गरेको जानकारी दिएको हो ।
युनाइटेड बी प्ले कार्यक्रमको विजेता बन्दै रोहित त्यहाँ जान लागेका हुन् । यो कार्यक्रम म्यानचेस्टर युनाइटेडद्वारा समर्थित ग्रासरुट फुटबल पहल हो ।
एपोलो टायर्सको लगानी रहेको कार्यक्रममा एन्फाले प्राविधिक सहयोग गरेको थियो । नेपाली राष्ट्रिय यू(१६ खेलाडी श्रेष्ठले म्यानचेस्टर युनाइटेडमा एक साता बिताउनेछन् । उनले क्लबको खेलको अनुभव लिनेछन् ।
त्यसैगरी म्यानचेस्टर युनाइटेड फुटबल स्कुलका प्रशिक्षकसँग प्रशिक्षण सत्र र म्यानचेस्टर युनाइटेडका खेलाडीसँग अन्तर्क्रियाजस्ता रोमाञ्चक गतिविधिमा श्रेष्ठ सहभागी हुने एन्फाले जानकारी दिएको छ ।