एनएसएलमा दोस्रो जितको खोजीमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्स

6 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)मा आज स्पोर्टिङ इलाम र पोखरा थन्डर्स आपसमा भीड्ने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ हुने खेलमा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन्।

एनएसएलमा पोखरा अपराजित छ, उसले १ जित र दुई बरारबी खेल्दै ५ अंक जोडेको छ। आजको खेल जित उ लिगको शीर्ष स्थानमा उक्नले छ।

यता, ३ मध्ये १ खेल जित्दै ३ अंक जोडेको इलामको नजर पनि जित निकाल्दै तेस्रो स्थानमा उक्लने हुनेछ।

पोखरा राष्ट्रिय टिमका पूर्वडिफेन्डर दिनेश राजवंशीको कप्तानीमा मैदान उत्रने छ। उसलाई आयुष घलान, सुरजजिउ ठकुरी, गोलकिपर प्रिसोजस्ता खेलाडीको साथ छ।

यता, इमलाले भने आफ्ना कप्तान विकेश कुथुलाई सम्भवतः गुमाउने छ। अघिल्लो बुलटल लुम्बिनीसँगको खेलमा अन्तिम समयमा घाइते भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो। उसलाई पूर्वराष्ट्रिय खेलाडीहरु भरत खवास, विराज महर्जनको साथ हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]