सामग्रीमा जानुहोस्
बुधबार, कात्तिक ११, २०८३

खुला कराते शनिबारदेखि

नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन्।

मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा हुने प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ। दुई दिने प्रतियोगिताका खेलहरु चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा खेलाइने छ ।

सेयर गर्नुहोस्

1.3KShares