सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १२, २०८३

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा एनपिए मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। बुधबार भएको एकमात्र खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो।

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभर ४ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान दीपेन्द्रले अर्धशतक बनाए। उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे।

उसका लागि इशान पाण्डेले पाण्डे ३१ बलमा ३७ रन बनाए। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसँग ७४ रनका महत्वपूर्ण साझेदारी गरे। यस्तै,ब्रान्डन म्याकमुलेन २२ र सैफ जइबले सैफ १४ रन बनाए। पोखराका लागि बलिङमा धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

उसका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडे ।

यस्तै, महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाए। शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए।

बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए। यस्तै, हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

सेयर गर्नुहोस्

1.6KShares