पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले एनओसी नदिएपछि एनपिएलका लागि नेपाल आएका पाकिस्तानी खेलाडीहरू इफ्तिखार अहमद र हुनेन शाह नखेली स्वदेश फर्कने भएका छन्।
पिसिबीले एनपिएल खेल्न प्रत्येक खेलाडीवापत २५ हजार डलर माग गर्दै खेलाडीलाई एनओसी दिन अस्वीका गरेको छ। सोही कारण पाकिस्तानी खेलाडी एनपिएल खेलेका छैनन्।
इफ्तिखार र हुनेन दुवै जनकपुर बोल्ट्समा आबद्ध थिए। एनओसी नआउँदा उनीहरु कर्णाली याक्सविरुद्ध खेलेलमा टिममा थिएनन्।
जनकपुरले पिसिबीलाई लेख्दै एनओसी दिन अनुरोध गरेको छ। अब उसलेले पीसीबीको अन्तिम जवाफका लागि बुधबारसम्म पर्खिने, जवाफ नआए खेलाडी फर्काउने तयारी गरेको छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले आफूहरुले इमेलमार्फत पीसीबीलाई सम्पर्क गरेको बताउँदै बुधबारसम्म स्पष्ट जवाफ नआए पाकिस्तानी खेलाडी फर्काउने बताए।
यता, पिसिबीले २५ हजार डलर मागेको विषयमा खतिवाडाले आधिकारिक रुपमा आफूलाई पिसिबीले त्यस्तो रकम माग नगरेको बताए।
पाकिस्तानी खेलाडीको अनुपस्थितिले जनकपुरको टोली सन्तुलन र रणनीतिमा असर परेको बताउँदै उनले वैकल्पिक खेलाडी खोज्नसमेत कठिन भएको बताए।
