सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक १५, २०८३

राफिन्हा र यमाल चम्किँदा बार्सिालनाको सानदार जित

स्पेनिस ला लिगामा बार्सिालेनाले सानदार जित निकालेको छ। राफिन्हा र लमिन यामालले सानदा प्रदर्शन गरेपछि शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि ६–१को प्रभावशाली जित निकाल्यो।

बार्सिलोनाको जितमा लामिन यमाल र राफिन्हाले समान दुई गोल गर्दा फेर्मिन लोपेज र एन्थोनी गोर्डनले पनि गोल गरे।

आठौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। चोट मुक्त हुँदै मैदान फर्किएपछि उनको यो पहिलो गोल हो। २३औं मिनेटमा लोपेजले बार्सिलोनाको अग्रता दोब्बर बनाए।

राफिन्हा र लोपेजले पुनः उत्कृष्ट तालमेल देखाउँदै बार्सिलोनाका लागि तेस्रो गोलको अवसर सिर्जना गरे। पहिलो हाफ सकिनुठीक अघि यमालले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ४–० को अग्रता लियो।

यमालले ६४औं मिनेटमा गोल गर्दै खेलालाई ५–०को अवस्थामा ल्याए। त्यसपछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्थोनी गोर्डनले पनि यमालकै शैलीमा गोल गर्दै बार्सिलोनाको अग्रता ६–० पुर्‍याए।

खेलको अन्तिम समयमा रोड्रीको कमजोर ब्याक पासको फाइदा उठाउँदै मारियानो डियाजले अलाभेसका लागि सान्त्वना गोल फर्काए।

यो जितसँगै बार्सिलोना एट्लेटिको मड्रिडलाई दुई अंकले पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। एट्लेटिकोले शनिबार लेभान्तेलाई २–० ले पराजित गर्दै केही समय शीर्षस्थान ओगटेको थियो। एक खेल कम खेलेको रियल मड्रिड बार्सिलोनाभन्दा चार अंकले पछाडि छ।

सेयर गर्नुहोस्

1.3KShares