एन्फाको विशेष साधारण सभा चैत १५ मा

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ ९एन्फा० को विशेष साधारण सभा यही चैत १५ गते हुने भएको छ । दुई दिनसम्म चलेको कार्यसमिति बैठकले निर्वाचन निर्देशिका परिमार्जन गरी चैत १५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन ८ गते तय गरिएको विशेष साधारण सभा प्राविधिक कारण देखाएर दुई पटक स्थगित भएको थियो । एन्फाको बैठकले संघको निर्वाचन कार्यतालिका अनुमोदन पनि गरेको छ । एन्फाको निर्वाचन यसअघि नै २०७९ जेठ १५ गतेलाई तोकिएको छ ।

त्यसैगरी जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि फागुन १५ देखि ३० गतेसम्मका लागि जिल्ला फुटबल संघको निर्वाचन तय गरिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली सेनाका ढकाल अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा निर्णायक बन्ने
Next post ए डिभिजन क्लब र एनएसएल विवादबारे छलफल गर्न एन्फाले बनायो कार्यदल
Close