अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगेका छन्।
काठमाडौं गोर्खाजमा आबद्ध भएका वार्नर आइतबार साँझ काठमाडौं आइपुगेका हुन्।
काठमाडौं गोर्खाजले आजै साढे १२ बजे कर्णाली याक्ससँग खेल्दैछ। सो खेलमा वार्नर पनि मैदानमा देखिने छन्। उनलाई टिम हडलमा काठमाडौं गोर्खाजले क्याप प्रदान गरिसकेको छ ।
यो सिजन एनपीएलमा अनुबन्ध हुने ठूला विदेशी खेलाडी मध्ये वार्नर एक हुन्। ३९ वर्षीय वार्नरले आफू एनपीएल खेल्न उत्साहित भएको बताएका छन्।
अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए ।
सन् २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । साथै उनले अस्ट्रेलियाबाट २०२१–२३ को विश्व टेस्ट च्याम्पियनसिप पनि जितेका थिए ।
