आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ।
वर्षाले मैदान भिजेपछि करिब साढे ४ घण्टा ढिला सुरु भएका खेल ५ ओभरमा झारिएको थियो। जसमा विराटनरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो।
तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ। यता, सुदूरपश्चिमको यो दोस्रो हार हो।
पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा ४ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। उसका सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अ६ बलमा २८ रन बनाउँदा सैफ जैब र आरिफ सेखले समान १७ रन बनाए ।
बलिङमा विराटनगरका आन्द्रे रेसल, एन्जेले म्याथ्युज र रुपेश सिंहले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो।
विराटनगरका लागि ओपनर शेहान जयासूर्याले ११ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । वान डाउनमा ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का मदतमा अविजित २९ रन बनाए ।
यस्तै अन्तिम बलमा आउट भएका अर्का ओपनर लोकेश बमले १० बल खेल्दै १ चौका र ३ छक्का मदतमा २५ रन जोडे ।
सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए।
