सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक १६, २०८३

एमबापे, बेलिङ्घम र डियोमान्डेको गोलमा रियल विजयी

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले रेसिङ सान्टेन्डरलाई ३–० ले हरायो।

खेलमा रियलका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र यान डियोमान्डेले गोल गरे। तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो।

जोसे मोउरिन्होको टिमको सबै प्रतियोगितामा गरेर यो लगातार छैटौ जित हो र उसको २७ अंक भएको छ। बार्सिलोना ३० र एटलेटिको म्याड्रिड २७ अंकमा शीर्ष दुईमा छन्।

तनावपूर्ण एक सातापछि किलियन एमबापेले गरे। फ्रान्सेली खेलाडी बालोन डेओर जित्न असफल रहे भने चिनिया नेता माओ चेतोङविरुद्ध उनको भनाइ विवादमा परेको थियो। त्यसमा उनले माफी नै माग्नु परेको थियो।

तर मैदानमा एमबापले त्यसको अवसर देखाएनन् र पेनाल्टीबाट पहिलो गोल गरे।

सेयर गर्नुहोस्

1.4KShares