सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक २०, २०८३

यू-१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

ओमानमा भइरहेको एसीसी यू–१९ एसिया कपमा नेपालले हारबाट सुरुआत गरेको छ।

शुक्रबार ओसिए ग्राउन्ड वानमा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो। नेपाल भारतविरुद्ध ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको थियो।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।

भारतका लागि आर्यविर सेहवागले ५२ बलमा ७ चौका प्रहार गर्दै अविजित ७२ रन बनाए । यस्तै कप्तान तथा ओपनर लक्ष्य राईचन्दनीले ६३ बल खेल्दै ७ चौका मदतमा ५२ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२।३ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा अलआउट भएको थियो।

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ तथा ओपनर निरज कुमार यादवले २० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका इशान सुद र अर्जुन राजपुतले समान ३ विकेट लिए भने भुत्कुरी यसभिर गौडले २ विकेट लिए।

नेपालले आफ्नो दोस्रो खेल आइतबार युएईसँग खेल्नेछ।

सेयर गर्नुहोस्

1.5KShares