नापोलीलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा उक्लियो

9 Dec, 2023

युभेन्टस सिरि एको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा नापोलीलाई १–०ले हराउँदै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलेमा युभेन्टसलाई जित दिलाउन फेडरिको गाटीले गरेको गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ५१औं मिनेटमा एन्ड्रिया काम्बिसोको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा युभेन्ट्स विजयी भयो।

जितपछि युभेन्टसको १५ खेलबाट ३६ अंक छ। एकखेल कम खेलेको इन्टर मिलान ३५ अंकका साथ दोस्रो स्थानमा छ। पराजित भएको नापोली १५ खेलबाट २४ अंकका पाँचौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]